ग्लोबल


बिहारको मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नितिश कुमार

बिहारको मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नितिश कुमार

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १२:३७, काठमाडौँ

जेडीयूका कार्यवाहक राष्ट्रिय अध्यक्ष सञ्जय कुमार झाले आज नितिश कुमारलाई जेडीयू विधान दल र एनडीए विधान दलको नेतामा चयन गरिने बताएका छन्।

झाले भने, 'आज जेडीयू विधान दलको बैठक छ, जसमा नितिश कुमारलाई व्यवस्थापिका दलको नेतामा निर्वाचित गरिनेछ। दिउँसो ३ बजे एनडीए विधान दलको बैठक छ, जहाँ उनी (नीतीश कुमार) नेतामा निर्वाचित हुनेछन्।'

उनले थपे, 'सरकार गठनको प्रक्रिया साँझ राज्यपालसँगको भेटबाट सुरु हुनेछ। शपथ ग्रहण समारोह नोभेम्बर २० मा बिहान ११:३० बजे गान्धी मैदानमा हुनेछ।'

भाजपाका बिहार प्रदेश अध्यक्ष दिलीप जयसवालले पनि यही कुरा बताए।

उनले एनडीए विधान दलको बैठकपछि नितिश कुमारले राज्यपालसमक्ष सरकार गठनको दाबी पेस गर्ने जानकारी दिए।

सञ्जय कुमार झाले प्रधानमन्त्री नरेन्द्र मोदी र अन्य राज्यका एनडीए मुख्यमन्त्रीहरू समारोहमा उपस्थित हुने जानकारी दिए।

मन्त्रिपरिषदबारेमा सोध्दा झाले नितिश कुमारसँगै बिहीबार अरू मन्त्रीले पनि शपथ खाने जानकारी दिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad