ग्लोबल


ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो: हाम्रा नयाँ सर्वोच्च नेता घाइते छैनन्, पूरै स्वस्थ छन्

ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो: हाम्रा नयाँ सर्वोच्च नेता घाइते छैनन्, पूरै स्वस्थ छन्

इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी


नेपालखबर
चैत १, २०८२ आइतबार १०:२५, काठमाडौँ

इरानले आफ्ना नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीलाई कुनै चोट नलागेको र पूर्ण रूपमा स्वस्थ रहेको दाबी गरेको छ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले भनेका छन्, ‘खामेनी सामान्य रूपमा आफ्ना जिम्मेवारी निर्वाह गरिरहेका छन्।’

यसअघि बेलायती मिडिया आउटलेट द सनले फेब्रुअरी २८ मा अमेरिका-इजरायलले गरेको आक्रमणमा मोज्तबा घाइते भएको, एउटा खुट्टा काट्न परेको र त्यसबेलादेखि उनी कोमामा रहेको रिपोर्ट गरेको थियो। 

यसबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि मोज्तबा घाइते भएको दाबी गरेका थिए।

तर ती सबै दाबीलाई इरानका विदेशमन्त्री अराघचीले खण्डन गरेका हुन्। 

अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा गरेको संयुक्त हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्तबा यही मार्च ९ देखि नयाँ सर्वोच्च नेता बनेका हुन्।

त्यसयता युद्ध जारी छ भने यो द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ। 

इरानले इजरायल तथा अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्रमार्फत हमला गरिरहेको छ।

यसैबिच अमेरिकाले इरानका नयाँ सर्वोच्च नेतासहित इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का प्रमुख नेताहरूबारे सूचना दिनेलाई १ करोड डलरसम्मको इनाम दिइने घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad