ग्लोबल


इरान युद्धका कारण स्थगित सी र मेरो भेट अब मे १४ र १५ मा हुनेछ: ट्रम्प

इरान युद्धका कारण स्थगित सी र मेरो भेट अब मे १४ र १५ मा हुनेछ: ट्रम्प

ट्रम्प र सी (फाइल फोटो)


नेपालखबर
चैत १२, २०८२ बिहिबार ११:४२, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण स्थगन गरिएको आफ्नो चीन भ्रमणबारे नयाँ जानकारी दिएका छन्।

ट्रम्पले ट्रुथ सोसलमार्फत चीनका राष्ट्रपति सी चिनपिङसँग भेटको तालिका पुन: तय गरिएको जानकारी दिएका हुन्।

‘यो भेटघाट सुरुमा इरानमा हाम्रो सैन्य कारबाहीका कारण स्थगन गरिएको थियो’, उनले लेखेका छन्, ‘अब हाम्रो भेट आगामी मे १४ र १५ मा बेइजिङमा हुनेछ।’

यस क्रममा ट्रम्पले यसपछि यसै वर्ष प्रथम महिला मेलानिया र आफूले वासिङ्टन डीसीमा राष्ट्रपति सी र म्याडम पेङलाई पनि स्वागत गरिने जानकारी दिएका छन्। 

ट्रम्पले अगाडि लेखेका छन्, ‘हाम्रो प्रतिनिधिमण्डल ऐतिहासिक (चीन) यात्राको तयारीमा व्यस्त छ। म राष्ट्रपति सीसँग समय बिताउन धेरै उत्सुक छु। मलाई विश्वास छ- यो अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad