बङ्गालको खाडीमा बनेको चक्रवात रेमाल उत्तर दिशातर्फ सरेको भारतीय मौसम विभागले जनाएको छ।
यो आँधी पश्चिम बंगालको सागर टापु र क्यानिङ र बंगलादेशको खेपुपारा र मोंगलातर्फ सर्दै छ।
चक्रवाती आँधी रेमाललाई ध्यानमा राखी नौसेना र तटरक्षक टोली परिचालन गरिएको छ।
रेमाल आइतबार र सोमबार मध्यरातमा बंगलादेश र पश्चिम बङ्गालको तटीय क्षेत्रमा पुग्न सक्ने भारतको मौसम विभागले जनाएको छ।
यस अवधिमा ११० देखि १२० किलोमिटर प्रतिघण्टाको गतिमा तेज हावा चल्न सक्छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ भेटघाट गरी चक्रवात रामलको तयारीबारे छलफल गरेका थिए।
45
Shares
प्रतिक्रिया