ग्लोबल


इजरायलले अनुमोदन गर्‍यो गाजा शान्ति सम्झौता, चाँडै बन्धक रिहा हुने आशा

इजरायलले अनुमोदन गर्‍यो गाजा शान्ति सम्झौता, चाँडै बन्धक रिहा हुने आशा

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु


नेपालखबर
असोज २४, २०८२ शुक्रबार ७:३०, काठमाडौँ

इजरायलले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ।

योसँगै गाजामा चाँडै युद्धविराम लागु हुने आशा गरिएको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकारले मृत वा जीवित सबै बन्धकहरूको रिहाइको योजनालाई अनुमोदन गरेको छ।'

सम्झौता अनुमोदनपछि निम्न कुरा सकेसम्म चाँडो कार्यान्वयन हुने अपेक्षा गरिएको छ:

गाजामा युद्धविराम

इजरायली सेना गाजाबाट फिर्ता 

बन्धक र शव आदानप्रदान

गाजामा मानवीय सहायतामा पहुँच

यो अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरण हो। यसमा इजरायलद्वारा प्यालेस्टिनी कैदीहरूको रिहाइ पनि समावेश छ।

गाजामा युद्धविराम र बन्धक रिहाको विषय नेपालका लागि पनि निकै महत्त्वपूर्ण बनेको छ। किनभने नेपाली विद्यार्थी विपिन जोशी पनि २ वर्षदेखि हमासको नियन्त्रणमा छन्। 

बुधबार राति मात्र अपहरणलगत्तै विपिन बोलेको भिडिओ सार्वजनिक भएको छ। तर उनको वर्तमान अवस्था अझै स्पष्ट हुन सकेको छैन। 

यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सोमबार वा मंगलबारसम्म सबै बन्धक रिहा हुने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad