भारतीय प्रदेश मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा रहेको एक अवैध कोइला खानीमा बिहीबार विस्फोट हुँदा कम्तीमा १६ जना कामदारको मृत्यु भएको छ।
राज्यका प्रहरी महानिर्देशक आई. नोङराङका अनुसार धेरै कामदार अझै पनि भित्र फसेको आशंका छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उद्धार टोली खोजी तथा उद्धारमा खटिएका छन्। यो दुर्घटना आज बिहान थाङ्स्कु क्षेत्रमा भएको हो।
प्रहरी महानिर्देशकले भने, ‘अहिलेसम्म १६ जनाको शव निकालिएको छ। विस्फोटको समयमा खानीभित्र कति कामदार थिए भन्ने कुरा अझै स्पष्ट छैन। धेरै मानिस फसेको आशंका गरिएको छ।’
108
Shares

प्रतिक्रिया