बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। बिहीबार बेलुका जन्ती बोकेको बस पुर्चौडी नगरपालिकामा दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनाको विस्तृत विवरण आएको छैन। दुर्घटनाको खबर आएपछि अहिले घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ। उद्धार जारी छ।
पुर्चौडी नगरपालिका–७ वडूगाउँ मोडमा बस दुर्घटनामा परेको हो।
जन्ती लिएर पुर्चौडीबाट बझाङतर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस बिहीबार बेलुका सडकबाट तल खसेको थियो।
दुर्घटनामा हताहती यकिन हुन सकेको छैन। स्थानीय र प्रहरी उद्धारमा जुटेका छन्। १६ जना घाइतेलाई उद्धार गरेर स्थानीय कोटिला स्वास्थ्य चौकीमा लगिएको प्रहरीले जनाएको छ।
174
Shares

प्रतिक्रिया