आज (बिहीबार) बस्ने भनिएको कर्णाली प्रदेशसभाको बैठक स्थगन गरिएको छ।
प्रदेशसभाका सचिव जीवराम बुढाथोकीले सूचना जारी गरी विशेष कारणवश बैठक स्थगन गरिएको जानकारी दिएका हुन्।
प्रदेशसभाको बैठक अब यही असार १७ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।
यसअघि बुधबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले कर्णालीको संसद् अवरुद्ध गरेको थियो।
आज पनि एमालेले अवरोध गर्ने भएपछि बैठक स्थगन गरिएको हो।
यसअघि बजेट पैतृक सम्पत्तिजसरी बाँडेको आरोप लगाउँदै एमालेले संसद्मा अवरोध गरिरहेको छ।
48
Shares
प्रतिक्रिया