कर्णाली


वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, चालक भागेपछि टायर बालेर सडक बन्द

वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु, चालक भागेपछि टायर बालेर सडक बन्द

नेपालखबर
असोज १३, २०८० शनिबार १२:१६, सुर्खेत

सुर्खेतको वीरेन्द्रनगरमा शनिबार बिहान मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ।

वीरेन्द्रनगरस्थित यरिचोक–मूलपानी सडकअन्तर्गत गोकुल कटेजनजिकै मोटरसाइकलले ठक्कर दिँदा दैलेख आठबीस नगरपालिकाको खिड्कीज्यूला स्थायी घर भएका ५ वर्षीय टुकदर्शन गिरीको मृत्यु भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय (सुर्खेत) का अनुसार हाल वीरेन्द्रनगर–३ भैरवस्थानमा मामाको घरमा बसेर एलकेजीमा पढ्ने ती बालक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा कर्णाली कियर अस्पतालमा मृत्यु भएको हो। 

दुर्घटनापछि मोटरसाइकल चालक फरार भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल नम्बर नखुलेकाले उनको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। 

ठक्कर दिने मोटरसाइकल खोजेर चाकललाई पक्राउ गर्नुपर्ने माग राख्दै पीडित परिवार तथा स्थानीयले वीरेन्द्रनगरका विभिन्न चोकमा टायर बालेर सडक बन्द गराएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .