कर्णाली


भूकम्पपीडितको अवस्था बुझ्न रुकुमपश्चिको आठबिसकोट पुगे प्रधानमन्त्री

भूकम्पपीडितको अवस्था बुझ्न रुकुमपश्चिको आठबिसकोट पुगे प्रधानमन्त्री

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १४:४, काठमाडौँ

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट प्रभावितहरूको अनुगमनका लागि कर्णालीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रुकुम पश्चिमको आठबिसकोट नगरपालिका पुगेका छन्। 

गएराति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि प्रधानमन्त्री प्रचण्ड बिहानै त्यसतर्फ गएका थिए। 

उनले जाजरकोटका विभिन्न क्षेत्रमा पुगेर भूकम्प पीडितको अवस्था बुझेका थिए। साथै, उनले नलगाडबाट ७ जना घाइते र उनीहरूका ७ जना आफन्तलाई आफू चढेकै हेलिकोप्टरमार्फत सुर्खेत पुर्याएका थिए। 

लगत्तै उनी रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका भूकम्प पीडितको अवस्था बुझ्न पुगेका हुन्। 

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेता शक्ति बस्नेत लगायत पनि आठबिसकोट पुगेका छन्।

प्रधानमन्त्री प्रचण्ड केहीबेरमा नेपालगन्ज हुँदै काठमाडौं फर्कन लागेका छन्। उनले भोलि (आइतबार) बिहान ८ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

आफू चढेर गएको हेलिकोप्टर उतै उद्धारका लागि छाडेर प्रधानमन्त्री प्रचण्ड नियमित विमानमार्फत काठमाडौं फर्कन लागेको उनका प्रेस संयोजक सुर्य किरण शर्माले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .