कर्णाली


कर्णालीमा ४० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निशुल्क उपचार

कर्णालीमा ४० वर्षमाथिका नागरिकलाई नसर्ने रोगको निशुल्क उपचार

नेपालखबर
बैशाख २१, २०८२ आइतबार २०:२, सुर्खेत

कर्णाली प्रदेश सरकारले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रमको शुभारम्भ गरेको छ। प्रदेशभित्रका ४० वर्षमाथिका नागरिकलाई निशुल्क उपचार गर्ने कार्यक्रमको उद्देश्य रहेको छ। नसर्ने रोगहरू मधुमेह, उच्च रक्तचाप तथा मिर्गौला रोगको निशुल्क परीक्षणका साथै उपचार गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको सुभारम्भ गरेका छन्। मन्त्री भण्डारीले १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरूको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको बताए।

पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको उल्लेख गर्दै मन्त्री भण्डारीले नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरिएको बताए।

४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समग्र स्वास्थ्यको अवस्था पत्ता लगाउनु रहेको छ। नसर्ने रोगहरुबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनीकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको मन्त्री भण्डारीको दाबी छ।

शनिबारबाट सुरु गरिएको परीक्षण प्रदेशका १० वटै जिल्लामा विभिन्न मितिमा सञ्चालन गर्ने लक्ष्य रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।

यस्तै, कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले प्रत्येक जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ्ग सामग्री खरिद गर्ने र निर्देशालयको व्यवस्थापनमा यस वर्ष नागरिक स्वास्थ्य परीक्षणलाई बृहत बनाउने लक्ष रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले जानकारी दिइन्।

उनका अनुसार आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने सरकारको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad