सुर्खेतको वीरेन्द्रनगरमा सुकुमवासी सडकमा उत्रिएका छन्।
शुक्रबार राष्ट्रिय भूमिअधिकार मञ्च, सुर्खेतको आयोजनामा भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा विरोध प्रदर्शन गरेका हुन्।
सरकारले वैकल्पिक व्यवस्थाबिनै बस्ती हटाउन लागेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्।

सयौँंको संख्यामा सडकमा निस्किएका उनीहरूले सरकारविरुद्ध नारा लगाएका छन्।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले बुधबार ७ दिनको समय सीमा दिएर सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन सूचना जारी गरेको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार नगरपालिकाको वडा नं ८ स्थित महिला छात्रावासको पूर्वतर्फका घरटहरा हटाउन पर्ने भएको हो।
उक्त क्षेत्रमा सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका तथा नगर विकास समितिबाट सम्झौता गरी निर्माण गरिएका घरटहरा हटाउन नगरपालिकाले भनेको छ।
Shares

प्रतिक्रिया