कोशी


उदयपुरमा अरिङ्गालले चिलेर युवकको मृत्यु

उदयपुरमा अरिङ्गालले चिलेर युवकको मृत्यु

फाइल फाेटाे


नेपालखबर
असोज ३०, २०७९ आइतबार १४:१०, काठमाडौँ

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका–५ जाँतेका एक युवकको कालो अरिङ्गालको सिकार गर्न लाग्दा चिलेर मृत्यु भएको छ।

साथीसँग नजिकैको जङ्गलको रुखमा चढेर अरिङ्गालको गोला टिप्ने प्रयास गरेपछि दर्जनौँ अरिङ्गालले चिलेकाले जाँते चौलानेका ३४ वर्षीय दिवस राईको मृत्यु भएको  स्थानीयवासी दीपेन्द्रकुमार राईले बताउनुभयो । अरिङ्गालले चिलेर  अन्य चार युवा घाइते भएको पनि उनले जानकारी दिए। 

बिहीबार गाउँ नजिकैको जङ्गलमा कालो अरिङ्गालको सिकार गर्न दिवशसहित अन्य युवा रातको समयमा गएका र रुखमा चढेर अरिङ्गाल टिप्ने प्रयास गर्दा दर्जनौँ अरिङ्गालले दिवशसहितका अन्य रुखमा चढेका युवालाई टोकेर बेहोस बनाएको अर्का स्थानीयवासी धनबहादुर राईले बताए।

अरिङ्गालको टोकाइबाट बेहोस भएका दिवशको शनिबार बिहान मृत्यु भएको छ भने अन्य चार जनाको पनि स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि अहिले घरमा घरेलु उपचार भइरहेको उनले जानकारी गराए। 

बर्सेनि जाँते नजिकैको पाखाका जङ्गल र चौलानेका जङ्गलमा स्थानीयले अरिङ्गालको सिकार गर्ने गरेका छन्। यसपटक पनि कालो अरिङ्गालको सिकार गर्न गएका दिवशसहितका युवाले अरु सिकारीले छाडेका कालो अरिङ्गालको गोलो सिकार गर्न लाग्दा पहिल्यै अरिङ्गालले आक्रमण गरेको धनबहादुरले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .