ad ad

कोशी


भाइटीकाका दिन सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १५ जना घाइते

भाइटीकाका दिन सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु, १५ जना घाइते

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १३:३०, विराटनगर

भाइटीकाको दिन बिहीबार सुनसरी र मोरङमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। 

टीकाको दिन भएको १४ वटा गाडी दुर्घटनामा परी १५ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका ७ जनाको उपचार सुनसरी र मोरङका विभिन्न अस्पतालमा भइरहेको छ। 

सुनसरी इटहरी–१७  पकलीस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम आउँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नं को मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको ठेलालाई ठक्कर दिँदा ठेला चालक इटहरी १७ का  तेजनारायण साहको मृत्यु भएको छ। 

माटरसाइकल  चालक मोरङ बेलबारी  ८ निवासी ४५ वर्षका विक्रम खड्का पनि घाइते भएका छन्। उनको उपचार न्युरो अस्पताल (विराटनगर) मा भइरहको छ।    

बिहीबार सुनसरी इनरूवा नगरपालिका–५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकल यात्री बराहाक्षेत्र नगरपालिका–८ बस्ने वर्ष २७ का जीवन राउतको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा राति १ बजे राउतको मृत्यु भएको हो।  

यस्तै सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका  ५ जनताचोकस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको ग ३ च ५५७६ नं को कारले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकलयात्री भारत सुपौल बनौली पञ्चायत बस्ने वर्ष ३५ का गुलाब मेहताको मृत्यु भएको छ। 

जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। कार चालक रुपन्देही सैनामैना ४ का ५४ वर्षीय कृष्णबहादुर रेग्मीलाई  जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ। 

यस्तै मोरङ र सुनसरीमा भएका सवारी दुर्घटनामा १५ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .