ad ad

कोशी


कोशी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधर सडकमा (तस्बिर)

कोशी प्रदेश नामकरणविरुद्ध पहिचान पक्षधर सडकमा (तस्बिर)

ध्रुव भट्टराई
फागुन १९, २०७९ शुक्रबार १७:५, विराटनगर

प्रदेश १ को नाम पहिचानविपरीत भएको भन्दै पहिचानवादी संघ संस्थाले संयुक्तरुपमा सडक आन्दोलन सुरु गरेका छन्।

लिम्बुवान किरात संघर्ष समितिले विराटनगरमा आज सडकमा धर्ना दिएको छ। 

मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोकमा प्रदेश सरकारविरुद्ध नाराबाजी गर्दै उनीहरुले धर्ना दिएका हुन्।

मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध आक्रोश पोख्दै उनीहरुले ‘पहिचानवादी एक हौँ, कोशी प्रदेश मान्दैनौँ’ लगायतका नारा लगाएका थिए।

प्रदेश १ को नामकरण किरात, लिम्बूवान राख्द माग गर्दै आएकोमा आफूहरुको मागलाई नजरअन्दाज गरिएको र पहिचानविरोधी कोशी छलफल नै नगराइ हतास र निरंकुश ढंगले नामकरण गराइएको उनीहरुको आरोप छ। 

गएको बुधबार प्रदेश सभाबाट दुई तिहाई बढी प्रदेश सभा सदस्यको समर्थनमा तत्कालिन प्रदेश १ को नाम कोशी प्रदेश पारित भएको थियो।

किरात लिम्बुवान सगरमाथा नाम राख्ने पक्षमा नेकपा समाजवादी र जसपाले प्रदेशसभामा प्रस्ताव पेश गरेका थिए। बहुमतले त्यो नाम अस्वीकृत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .