मोरङको सुकुना बहुमुखी क्याम्पसको स्वविय सभापतिमा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सन्तोष लिम्बु पुनः निर्वाचित भएका छन्। यसअघि २०७३ सालमा भएको निर्वाचनमा पनि उनी विजयी भएका थिए।
लिम्बुले १ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका छन्।
उनका प्रत्यासी एमाले निकटको अनेरास्वियुका मनोज कार्कीले ६५७ मत मात्रै प्राप्त गरेका छन्। विद्यार्थी सङ्गठनहरू बिच विवाद हुँदा चैत्र ६ गते मात्रै यस क्याम्पसमा चुनाव भएको थियो।
सचिवमा भने एमाले निकटकै अनेरास्वियुका एलिस ओझा निर्वाचित भएका छन्। ओझाले १ हजार १४ मत प्राप्त गर्दा नेविसंघका नीराजन धमलाले एक हजार ६ मत मात्रै ल्याएका छन्।
कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन्। उनले १३२५ मत ल्याएका छन् भने अनेरास्वियुकी हेमकुमारी नेपालीले ६९५ मत मात्रै ल्याएका छन्।
सुकुनामा सत्ता गठबन्धनका विद्यार्थीले प्यानल बनाएका थिए। सदस्यहरूमा पनि बहुमत सत्ता गठबन्धनका विद्यार्थीले जितेका छन्।
स्ववियु बाट पहिलो पटक एमाले निकटको अनेरास्वियुले पराजय भोग्नु परेको छ। यसअघि भएका सबै चुनावमा जितेको एमाले निकटको अनेरास्वियुले २०७९ चैत्र ६ गते भएको चुनावमा भने आफ्नै संगठनबाट फुटेर गएको एकीकृत समाजवादी निकटको अनेरास्वीयुसँग पराजय भोग्नु परेको छ।
प्रतिक्रिया