ad ad

कोशी


कोशी नामकरण विवाद : आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकार लचिलो

कोशी नामकरण विवाद : आन्दोलनरत पक्षसँग वार्ता गर्न सरकार लचिलो

ध्रुव भट्टराई
चैत ११, २०७९ शनिबार १२:२१, काठमाडौँ

कोशी प्रदेश सरकार आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न लचिलो बनेको छ।

आन्दोलनले उग्र रूप लिन थालेपछि आन्दोलनरत पक्षसँग वार्ता र सम्बादको माध्यमबाट समस्या सावधान गर्न सरकार सकारात्मक देखिएको हो। यसका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग सरकारले छलफल थालिसकेको छ। केही दिनभित्रै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने तयारी गरिएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बताए।

आन्दोलनरत पक्षसँग संबैधानिक र कानूनी प्रक्रियामा रहेर वार्ता र छलफलबाट सबै कुराको निकास निकाल्ने कुरामा सरकार तयार रहेको उनले बताए।

‘विभिन्न तहबाट उठ्ने मुद्दा र मागलाई सरकारले सम्बोधन नगर्ने भन्ने हुँदैन,’मुख्यमन्त्री कार्कीले भने,‘जुनसुकै राजनीति दल, संघसंस्थाले उठाउने माग र मुद्दामा वार्ताका लागि सरकार सकारात्मक छ।’

अहिलेको मागका विषयमा प्रदर्शनकारीसँग वार्ता लागि दलहरुसँगको आन्तरिक छलफलमा सरकार जुटिरहेको उनले बताए।

यसैबीच केन्द्र सरकारले नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरिसकेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो। 

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेकोपनि प्रधानमन्त्री प्रचण्डले बताएका थिए।

सरकारको यो निर्णय स्वागतयोग्य बताउँदै आन्दोलनरत पक्षले वार्ताको ढोका खुलेको बताएको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव आन्दोलनका अगुवा अशोक चेम्जुङले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।

घटनामा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई शहीद घोषणा गर्नु पर्ने माग उनले गरेका छन्। 

शुक्रबार मात्र माओवादी  केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्म्बोले  कोशी प्रदेश सरकार तत्काल पहिचान पक्षधर आन्दोलनकारीलाई वार्तामा बोलाएर बमार्ता र छलफलको माध्यमबाट समस्य सावधान गर्न आह्वान गरेका थिए।

नेता आङ्म्बोले पत्रकार सम्मेलन गरी प्रहरीको कुटाइबाट मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा गरि क्षतिपूर्ति प्रदान गर्ने माग समेत गरेका थिए। 

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको शुक्रबार बसेको बैठकले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन नगरुञ्जेल आन्दोलन जारी राख्ने निर्णय गरेको थियो।

कोशी प्रदेशमा चक्काजामसहितको आन्दोलनका कार्यक्रम घोषणा समितिले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .