कोशी


कोशीको मुख्यमन्त्री नियुक्त हुनासाथ कार्की काठमाडौंमा

कोशीको मुख्यमन्त्री नियुक्त हुनासाथ कार्की काठमाडौंमा

नेपालखबर
असोज २७, २०८० शनिबार २१:४३, काठमाडौँ

राजनीतिक दलहरूबीचको रस्साकस्सीकाबीच कोशीको मुख्यमन्त्री बनेका केदार कार्की नियुक्त हुनासाथ काठमाडौं आएका छन्। 

शनिबार बिहान प्रदेशसभा सदस्यहरूको सनाखतपछि प्रदेश प्रमुखले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका कार्की लगत्तै काठमाडौं आएका हुन्। 

कार्कीको शपथ भोलि दिउँसो हुने बताइएको छ। कार्कीले शपथसमेत नलिई काठमाडौं आएर शीर्ष नेताहरूसँग भेट गरेका छन्।

कार्की आइतबार शपथलगत्तै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारीमा छन्। 

एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीलाई सत्ता गठबन्धनले पनि आफ्नै उम्मेदवार रहेको बताएको छ। 

प्रधानमन्त्री समेत रहेका गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार चितवन पुगेर कार्की नै आफूहरूको उम्मेदवार भएको भन्दै विश्वासको मत दिने बताएका छन्।

आइतबार कम्तीमा ३ र बढीमा ४ सदस्यीय मन्त्रिमण्डल गठन हुने बताइएको छ।

मन्त्रिपरिषद् विस्तार र विश्वासको मतको वातावरण बनाउन कार्कीले केन्द्रमा शीर्ष नेताहरूसँग छलफल गरेको बुझिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .