कोशी


ताप्लेजुङको निषेधाज्ञा मंगलबार रातिदेखि अन्त्य

ताप्लेजुङको निषेधाज्ञा मंगलबार रातिदेखि अन्त्य

नेपालखबर
फागुन १३, २०८१ मंगलबार २०:४६, विराटनगर

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहानदेखि लागु गरेको निषेधाज्ञा अन्त्य गर्ने भएको छ। 

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउनु पर्छ र बनाउनु हुँदैन भन्ने विवादका कारण समस्या सिर्जना भएको थियो।

नो केबुलकार पक्षधरहरूले शनिवार राती फुङलिङ बजारमा निकालेको राँके जुलुसको क्रममा घरघरमा आगोको मुस्लो फालिएपछि विवाद उत्पन्न भएको थियो।

प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ११ जना घाइते भएका थिए। अवस्था तनावपूर्ण भएपछि प्रशासनले सम्भावित समस्यालाई ध्यानमा राखेर फागुन ११ गतेदेखि जारी भएको निषेधाज्ञा जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले हटाउने निर्णय गरेको हो। 

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार आज राति ११ बजेबाट निषेधाज्ञा अन्त्य भएको जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad