कोशी


कोसी प्रदेशको नीति तथा कार्यक्रम भोलि पेस हुने

कोसी प्रदेशको नीति तथा कार्यक्रम भोलि पेस हुने

नेपालखबर
जेठ ४, २०८२ आइतबार १३:४, काठमाडौँ

कोसी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेष्ठ ५ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ। कोसी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो। 

प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम खापुङलाई अनुरोध गर्ने निर्णय गरिएको कोसी प्रदेश सरकारका आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले जानकारी दिए। 

सरकारको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पास गरेको र प्रदेश सभामा प्रस्तुत गर्नका लागि आवश्यक व्यवस्था मिलाइदिन प्रदेशसभामा पनि आग्रह गरिएको मन्त्री भण्डारीले बताए। 

कोसी प्रदेशसभाको सातौं तथा बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोसी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोसी प्रदेश्सभाको सातौं अधिवेशन आइतबारलाई आह्वान गरेका हुन्। 

आज दिउँसो २ बजे बस्ने कोसी प्रदेशसभाको बैठकमा कोसी प्रदेश प्रमुखबाट प्राप्त चिठी पढेर सुनाउने, कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेशसभामा टेबुल गर्ने र दलको तर्फबाट धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad