कोशी


झापामा सामूहिक कुटपिटबाट २४ वर्षीया युवतीको मृत्यु

झापामा सामूहिक कुटपिटबाट २४ वर्षीया युवतीको मृत्यु

नेपालखबर
असार २५, २०८२ बुधबार १२:४४, झापा

झापाको अर्जुनधारामा सामूहिक कुटपिटका कारण २४ वर्षीया एक युवतीको ज्यान गएको छ। अर्जुनधारा नगरपालिका-४ भाङवारी स्थायी घर भई हाल वडा नम्बर ८ शनिश्चरे क्याम्पस नजिक डेरागरि बस्दै आएकी गंगा राईको कुटपिटपछि उपचारका क्रममा मृत्यु भएको हो।
 
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार राति भोजपुरको रामप्रसाद राई गाउँपालिका-६ वैकुण्ठे स्थायी घर भई अर्जुनधारा-८ बस्दै आएकी ३२ वर्षीया सुस्मिता भुसालले व्यक्तिगत रिसइवीका कारण राईमाथि आक्रमण गराएकी थिइन्। 

भुसालले स्थानीय महिलाहरू ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे र ६० वर्षीया नर्बदा सुनदासलाई बोलाई सामूहिक रूपमा कुटपिट गराएको हुनसक्ने प्रहरीको अनुमान छ। घटना संंकास्पद भएकोले अहिले यस घटनालई सुक्ष्म रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

कुटपिटबाट गम्भीर घाइते भएकी राईलाई सुरुमा शनिश्चरेस्थित शंकर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बिर्तामोडको बिर्तासिटी अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा गएराति करिब १ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न सुस्मिता भुसालसहित ५ जना महिला र उनका श्रीमान् रमेश भुसाललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad