भारतीय संविधान र अदालती प्रक्रियाबारे अनुभव लिन पटना पुगेको मनमोहन इन्स्टिच्युट अफ ल को टोली र पटनास्थित एमिटी विश्वविद्यालयबीच कानुन अध्ययन र अनुसन्धानमा सहकार्य गर्ने सहमति भएको छ।
एमिटी विश्वविद्यालयका प्रोफेसर राजीव रञ्जन झाको टोलीले नेपाली टोलीलाई भव्य स्वागत गर्दै भारतीय संविधान, अदालतको प्रक्रिया र कार्यान्वयन अवस्थाबारे जानकारी दिएको थियो।
भ्रमणकै क्रममा छिट्टै औपचारिक सम्झौतामा हस्ताक्षर गरी सहकार्य अघि बढाउने सहमति भएको मनमोहन इन्स्टिच्युट अफ ल का प्रिन्सिपल कोषराज न्यौपानेले जानकारी दिए।
टोलीले १ साउनदेखि एक हप्तासम्म ३७ जना विद्यार्थी र शिक्षकहरूको टोली पटना उच्च अदालतको प्रक्रिया र न्याय सम्पादनको अवस्था प्रत्यक्ष अवलोकन गरेको थियो।
विद्यार्थीहरूले भ्रमण सिकाइमुखी रहेको भन्दै न्यायिक प्रक्रियाबारे नजिकबाट बुझ्न पाएको अनुभव सुनाएका छन्।
कोसी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक कलेज मनमोहन इन्स्टिच्युट अफ ल ले देशमै पहिलो पटक बिबिए एलएलबी र क्रिमिनल कानुनमा एलएलएम तहमा व्यवहारिक कक्षा र अध्ययन र अभ्यास केन्द्रित पठन पाठन गर्दै आएको छ।
Shares

प्रतिक्रिया