कोशी


विराटनगरमा म्युजिक फेस्टिवल हुने

विराटनगरमा म्युजिक फेस्टिवल हुने

नेपालखबर
असोज २३, २०८२ बिहिबार १४:४६, विराटनगर

विराटनगरमा म्युजिक फेस्टिवल हुने भएको छ। चौंथौ संस्करण यहि असोज ३१ गते (शुक्रबार) हुने भनिएको छ। कार्यक्रम विराटनगरको मेनरोडस्थित जैन भवनको खुला मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ।

विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै यस पटकको संस्करणलाई नेपालीहरूको महान चाड दसैँ, तिहार र छठ पर्वको अवसर पारेर हरेक वर्ष आयोजना गरिँदै आएको जानकारी दिइएको छ। संगीत महोत्सव मनोरञ्जनका साथै सामाजिक सद्भाव बढाउन सहयोगी हुने आयोजक समितिका संयोजक सन्तोष महतले जानकारी दिए। 

पछिल्ला तीन संस्करणहरू सफलतापूर्वक सम्पन्न गरिसकेको यो कार्यक्रम विराटनगरको सबैभन्दा ठूलो संगीत महोत्सवका रूपमा परिचित बनेको उनले बताए। यस वर्षको संस्करणमा राष्ट्रिय स्तरका चर्चित गायक–व्याण्ड ‘स्वर’ र ‘पूर्ण राई र दाजुभाइ ब्रान्ड मुख्य आकर्षण रहने जानकारी दिइएको थियो।

त्यसका साथै विराटनगरकै ख्यातिप्राप्त ‘द स्मृति ब्यण्ड’ ले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विशेष प्रस्तुति दिनेछ। सो अवसरमा ब्यान्डलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ।
कार्यक्रमलाई भव्य बनाउन अन्तर्राष्ट्रिय स्तरको डिभि टेक्नोलोजी साउण्ड सिस्टम, लाइट, स्टेज र स्क्रीन प्रयोग गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको लागि करिब २० लाख लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad