कोशी


झापाको सुरुङ्गामा शंकास्पद झोला, भित्र प्रेसर कुकरको बिँड र 'सनातन सुरक्षा सेना नेपाल'को पर्चा

झापाको सुरुङ्गामा शंकास्पद झोला, भित्र प्रेसर कुकरको बिँड र 'सनातन सुरक्षा सेना नेपाल'को पर्चा

झापाको सुरुंगामा शनिबार बिहान फेला परेको शंकास्पद झोला


नेपालखबर
पुस १९, २०८२ शनिबार १२:३०, विराटनगर

झापाको सुरुङ्गामा शंकास्पद झोला फेला, सेनाद्वारा डिस्पोज

झापाको कनकाई नगरपालिका वडा नं. ४ स्थित माई खोला पुलछेउमा आज शनिबार बिहान शंकास्पद झोला फेला परेको छ। 

स्थानीयले खबर गरेपछि घटनास्थल पुगेको नेपाली सेनाको बम डिस्पोजल टाेलीले झोला सुरक्षित रूपमा हटाएको छ। 

कालो रङको झोलाभित्र प्रेसर कुकरको बिड र रातो तथा कालो रङको तार रहेको प्रहरीले जनाएको छ। 

शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय, सुरुङ्गाबाट खटिएको प्रहरी टाेलीले घटनास्थल सुरक्षित राखेको थियो।

त्यसपछि बिहान ७:५० बजे श्री अरिदमन गण चारआलीबाट नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको थियो।

सेनाको टोलीले बिहान १०:१५ बजे उक्त ब्यागमा रहेको वस्तुलाई सुरक्षित रूपमा निकालेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झोलाभित्र कुनै विस्फोटक पदार्थ भने फेला नपरेको नेपाली सेनाको टोलीले जानकारी दिएको छ।

​प्रहरीका अनुसार, उक्त कालो झोलाभित्र 'सनातन सुरक्षा सेना नेपाल' लेखिएको ५ वटा घोषणापत्र तथा पर्चा फेला परेका छन्।

सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले शंकास्पद वस्तु राखिएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad