मोरङको रंगेली नगरपालिका वडा नं. २ जलियामा एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन्।
स्थानीय साईना मुर्मुकी ३५ वर्षीया श्रीमती मोरङमई मुर्मु आइतबार दिउँसो आफ्नै कोठामा मृत फेला परेको प्रहरीले जनाएको छ।
दिउँसो १२ः३० बजेको समयमा महिला मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बबियाबिर्ताबाट प्रहरी सहायक निरीक्षक अर्जुन कठेतको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थललाई सुरक्षित राख्दै थप अनुसन्धान अघि बढाएको मोरङ प्रहरीले जनाएको छ।
घटनाको गम्भीरतालाई हेर्दै इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नरेन्द्र कुमार बोगटीसहितको टोलीले घटनामा संलग्नताको आशंकामा मृतकका श्रीमान् साईना मुर्मुलाई नियन्त्रणमा लिएको छ।
उनलाई थप सोधपुछका लागि इलाका प्रहरी कार्यालय रंगेलीमा राखिएको छ।
मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया