कोशी


मोरङ ५ मा रास्वपाकी झा निर्वाचित

मोरङ ५ मा रास्वपाकी झा निर्वाचित

नेपालखबर
फागुन २३, २०८२ शनिबार १६:४९, विराटनगर

मोरङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशा झा विजयी भएकी छिन्।  

३० हजार ४३४ मत प्राप्त गरि झा विजयी भएकी हुन्। निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फूल कुमार लालवानीले ९ हजार ४१५ मत प्राप्त गरे।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीका शिव कुमार मण्डल (केवट) ८ हजार ६१४ मतका साथ तेस्रो भएका छन्।  

नेकपा एमालेका मनोज कुमार अग्रवालले ६ हजार ९४५ मत प्राप्त गरे। जनता समाजवादी पार्टी, नेपालका राज कुमार यादवले ८ हजार ७४७ मत प्राप्त गरेका छन्।

यस क्षेत्रमा जम्मा १ लाख १० हजार १७७ मतदाता रहेकोमा ७८ हजार ५२९ मत खसेको थियो। 

झा यस अघि विभिन्न पार्टीहरूमा लामो समय सक्रिय थिइन्। मधेश आन्दोलन पछि मधेशी जनअधिकार फोरममा लागेकी झा नेपाली कांग्रेस हुँदै पछि उनी २०७९ सालमा स्वतन्त्र उम्मेदवार बनेकी थिइन्।

रास्वपा हुन भन्दा पहिला एमालेमा रहेकी झा स्वास्थ्य स्वयम्सेकिका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad