कोशी


श्रम संस्कृति पार्टीले पहिलो बैठकमै एमसीसी खारेजको प्रस्ताव ल्याउने

श्रम संस्कृति पार्टीले पहिलो बैठकमै एमसीसी खारेजको प्रस्ताव ल्याउने

नेपालखबर
चैत ९, २०८२ सोमबार २१:४४, विराटनगर

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजको प्रस्ताव अघि सारेका छन्।

उनले सामाजिक सञ्जाल मार्फत विशेष गरी राष्ट्रिय स्वाधीनता, व्यावहारिक शिक्षा र स्थानीय स्तरको आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राख्ने स्पष्ट पारेका छन्।

उनले राजनीतिक मार्गचित्रमा एमसीसी जस्ता वैदेशिक सहायता परियोजनाको खारेजी र वैदेशिक हस्तक्षेपमुक्त नीतिको वकालत गरेका छन्।

शिक्षा क्षेत्रमा सैद्धान्तिक ज्ञानभन्दा पनि तात्त्विक र जीवनोपयोगी परिवर्तन आवश्यक रहेको उनको ठहर छ। यसका साथै, सीमावर्ती क्षेत्रको सुरक्षा र त्यहाँका नागरिकको जीवनस्तर सुधार्न केन्द्रित विकासका कार्यक्रमहरूलाई उनले विशेष महत्त्व दिने उल्लेख गरेका छन्। 

उनले लेखेका छन्, ‘पहिलो सदनमा हाम्रो प्रस्ताव एमसीसी खारेज, शिक्षामा तात्त्विक परिवर्तन, सीमा रक्षा र सीमावर्ती क्षेत्रमा केन्द्रित विकास,आर्थिक विकास र एक पालिका एक उद्योग आदि..।’

आर्थिक समृद्धिका लागि प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने अवधारणाले स्वदेशमै रोजगारी सिर्जना गर्ने र आयातमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने सङ्केतका रूपमा श्रम संस्कृति पार्टीले आफ्नो उपस्थितिलाई बलियो बनाउन खोजेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad