कोशी


विराटनगरमा केक खाँदा तीन बालिका बिरामी, किरण क्लासिक बेकरीको उत्पादनमा आशंका

विराटनगरमा केक खाँदा तीन बालिका बिरामी, किरण क्लासिक बेकरीको उत्पादनमा आशंका

नेपालखबर
बैशाख २५, २०८३ शुक्रबार १७:४, ​विराटनगर

विराटनगर–११ का तीन जना बालिकाहरू केक खाएपछि बिरामी भई अस्पताल भर्ना भएका छन्। विराटनगरस्थित किरण क्लासिक बेकरीबाट खरिद गरिएको केक खाँदा उनीहरू बिरामी परेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। 

बिरामी हुनेहरूमा विराटनगर–११ बस्ने नसोदन ठाकुरकी छोरी ११ वर्षीया श्रीष ठाकुर, दुर्गानन्दकी छोरी ८ वर्षीया आँचल महतो र रामबाबुकी छोरी १४ वर्षीया पल्लभी ठाकुर रहेका छन्।

​उनीहरूले हिजो साँझ बेकरीबाट केक किनेर खाएको र त्यसलगत्तै स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको जिल्ला प्रहरी कार्यलय मोरङका डिएसपी लिला लामिछानेले जानकारी दिए। 

सुरुमा अवस्था गम्भीर देखिए पनि हाल उनीहरूको स्वास्थ्यमा सुधार आएको र तीनै जना बोल्न सक्ने अवस्थामा रहेको उपचारमा संलग्न चिकित्सकहरूलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

सुरुमा ‘किरण बेकरी’ मात्र भनिए पनि उक्त बेकरीको पूरा नाम ‘किरण क्लासिक बेकरी’ रहेको प्रहरीले स्पष्ट पारेको छ।

एउटै बेकरीको उत्पादन खाएका तीनै जना बालिका एकैपटक बिरामी परेपछि बेकरीको गुणस्तरमाथि प्रश्न उठेको छ।

प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिँदै केकको गुणस्तर र घटनाको थप कारणबारे आवश्यक अनुसन्धान अगाडि बढाउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad