कोसी प्रदेशको राजधानी विराटनगरमा सञ्चालित पहिलो मल्टिप्लेक्स ‘सिटी सिनेमा प्रालि’ ले नेपाली सिनेमा जगतमा नयाँ आयाम थप्दै विश्वस्तरीय प्रविधि भित्र्याएको छ। सिनेमाले नेपालमै पहिलोपटक अत्याधुनिक बार्को फोरके लेजर प्रोजेक्टर सफलतापूर्वक स्थापना गरेको जानकारी गराएको हो।
झण्डै २ करोड रुपैयाँको लगानीमा जडान गरिएको यो प्रोजेक्टर नेपालकै पहिलो र एकमात्र भएको सिटी सिनेमाले जनाएको छ। यस नयाँ प्रविधिको जडानसँगै अब दर्शकहरूले उच्च रिजोल्युसन, उत्कृष्ट ब्राइटनेस, गहिरो कन्ट्रास्ट र जीवन्त रङहरूसहितको विश्वस्तरीय दृश्य अनुभव लिन पाउनेछन्।
सिटी सिनेमाद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, यो प्रविधिले नेपाली सिनेमा हेर्ने अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने मात्र नभई विराटनगरलाई अत्याधुनिक मनोरञ्जन केन्द्रको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ। सिनेमा उद्योगमा नयाँ मापदण्ड कायम गर्दै भित्र्याइएको यो नवीन पहलले नेपाली मनोरञ्जन क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विज्ञप्तिमा जनाइएको छ।

Shares

प्रतिक्रिया