नेकपा एमाले लुम्बिनीको दलको नेतामा लिला गिरी चयन भएका छन्।
आज बसेको संसदीय दलको बैठकले पोलिटब्यूरो सदस्य लिला गिरीलाई दलको नेता चुनेको एमाले सांसद भोज प्रसाद श्रेष्ठले जानकारी दिए।
उनी रूपन्देही २ क का सांसद हुन्। गिरी शंकर पोखरल नेतृत्वको सरकारमा साढे ३ वर्ष मन्त्री थिए।
दलको उपनेतामा चेत नारायण आचार्य चयन भएका छन्। उनी अर्घाखाँची ख का सांसद हुन्।
महासचिव शंकर पोखरेल, सचिव छविलाल विश्वकर्माको उपस्थितिमा बैठक बसेको थियो।
51
Shares
प्रतिक्रिया