लुम्बिनी


बाँकेमा कारको ठक्करबाट बालकको मृत्यु

बाँकेमा कारको ठक्करबाट बालकको मृत्यु

नेपालखबर
बैशाख २७, २०८३ आइतबार ५:१९, नेपालगन्ज (बाँके)

बाँकेमा शनिबार कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको खजुरा गाउँपालिका-६ स्थित भित्री सडक उढरापुरमा कारले ठक्कर दिँदा स्थानीय बालक अरहान अहमद जोलाहको मृत्यु भएको हो।

उनलाई बाप्र००१–०३०च २८५१ नम्बरको कारले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।

कार चालक खजुरा गाउँपालिका–७ का ४० वर्षीय मोसिन खाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad