मधेस प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ खाएका छन्।
जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आज (असोज ३०) आयोजित समारोहमा जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिष पटेलले बिनाविभागीय मन्त्रीका रूपमा शपथ खाएका हुन्।
यसअघि आजै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जितेन्द्र साेनलले मुख्यमन्त्री पदको शपथ खाएका थिए।
उनी पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्री नियुक्त भएका हुन्।
लोसपा नेपालको नेतृत्वमा गठन भएको नयाँ प्रदेश सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी छन्।
108
Shares

प्रतिक्रिया