ad ad

राजनीति


बुटवल उपमहानगरमा खेलराज पाण्डे तेस्रो कार्यकाललाई कांग्रे‍स सभापति

अधिकांश पदाधिकारी रामचन्द्र पौडेलपक्षका
बुटवल उपमहानगरमा खेलराज पाण्डे तेस्रो कार्यकाललाई कांग्रे‍स सभापति

सुदीप भण्डारी
असोज ९, २०७८ शनिबार २२:२७, रुपन्देही

नेपाली कांग्रेस बुटवल उपमहानगर सभापतिको लागि खेलराज पाण्डे विजयी भएका छन्। 

शनिबार भएको नगर अधिवेशनबाट उनी तेस्रो कार्यकालका लागि विजयी भएका हुन्। 

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका खेलराजले ४१२ मत प्राप्त गरे। देउवा पक्षकी प्रतिस्पर्धी रिता केसीले १२४ मत ल्याइन्। 

पदाधिकारीमा पनि पौडेल पक्ष नै विजयी भएको छ। उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा गंगा पन्थी र छायाँ पोखरेल, सहसचिवमा देवलाल अर्गली र पुरुषोत्तम खनाल विजयी भएका छन्। 

तिलोत्तमामा संस्थापन विजयी 

बुटवलको तिलोत्तमा नगरपालिकामा सभापति शेरबहादुर देउवानिकट बालकृष्ण खाँण पक्षका हरिलाल पाण्डे विजयी भएका छन्। 

पाण्डेले नारायण न्यौपानेलाई २ मतको झिनो अन्तरले पराजित गरे। पाण्डेले १७४ मत प्राप्त गरे भने न्यौपानेले १७२ मत ल्याए। सभापतिका अर्का प्रत्यासी हरि तिवारीले ३० मत ल्याए। 

तिलोत्तमा गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर पनि हो। पदाधिकारीमा पनि खाँण पक्षकै कल्याण पौडेल र माया चौधरी, सचिवमा प्रदीप थापा र हुमलाल पौडेल तथा सहसचिवमा रमेश पराजुली र दिपक थापा विजयी भएका छन्। 

यस्तै बुटवल पश्चिमको सैनामैना नगरपालिकामा रणबहादुर खनाल विजयी भएका छन्। भरतकुमार शाह पक्षका खनालले १२६ मत प्राप्त गरे। 

अर्का प्रतिस्पर्धी कृष्ण पोखरेलले १०२ मत ल्याए। रामचन्द्र पौडेल पक्षका भएपनि पोखरेललाई खाँण पक्षको पनि साथ रहेको थियो। 

देउवा पक्षमै बालकृष्ण खाँण र भरतकुमार शाहको २ गुटमा कार्यकर्ता बाँडिएका थिए। पदाधिकारीमा एक सचिवबाहेक शाहपक्षीय विजयी भएका छन्। 

यस्तै जिल्लाको अर्को नगरपालिका देवदहमा रामचन्द्र पौडेल पक्षका गुनाखर भुर्तेल नगरसभापतिमा निर्वाचित भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .