राजनीति


प्रचण्डले मागे यी मन्त्रालय, प्रधानमन्त्रीसँग छलफलपछि शीर्ष नेताको बैठक

प्रचण्डले मागे यी मन्त्रालय, प्रधानमन्त्रीसँग छलफलपछि शीर्ष नेताको बैठक

नेपालखबर
असोज १९, २०७८ मंगलबार १३:१०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले सहरी विकाससहितका मन्त्रालय आफूहरुले पाउनुपर्ने दाबी गरेको छ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार बनेको तीन महिना पुग्नै लाग्दा मन्त्रिपरिषद् विस्तार तयारी भइरहेका बेला माओवादीले सहरी विकास, सञ्चार, शिक्षा, भूमिसुधार र स्वास्थ्य मन्त्रालयमा आफ्नो दाबी पेश गरेको हो। 

तर चार गठबन्धनका दलबीच भागवण्डा लगाउने क्रममा माओवादीले मागेजति मन्त्रालय भने पाउने सम्भावना कम छ।

मन्त्रालय भागवण्डा मिलाउन बिहान १० बजेदेखि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटारमै छन्। 

प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल सकिएपछि भागवण्डालाई अन्तिम रुप दिन गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमै बस्ने तयारी छ।

माओवादीबाट देवेन्द्र पौडेल, हरिबोल गजुरेल, अञ्जना विशंखेसहितका नेताहरुको नाम मन्त्री बन्ने चर्चामा छ। माओवादीबाट एक या दुईजना नेताहरु राज्यमन्त्री हुने सम्भावना छ।

मन्त्रिपरिषद् विस्तारलाई लिएर गठबन्धनबीच अझै भागवण्डा मिलिसकेको छ। नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी मन्त्रालयको दाबीले विवाद भइरहेको छ। 

दुवै पार्टीबीच भौतिक मन्त्रालयलाई लिएर विवाद रहेको स्रोतले बताएको छ। माओवादी अध्यक्ष प्रचण्डले सोमबार मात्रै एक दुई दिनभित्रैमा मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पाँच दिन अस्पताल बसेपछि सोमबारै डिस्चार्ज भएका छन्। नेपाल डिस्चार्ज भएका अब सरकार विस्तार हुने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .