राजनीति


प्रदेश २ माओवादीको कब्जामा नआएसम्म मधेशको कल्याण हुँदैन : प्रचण्ड

प्रदेश २ माओवादीको कब्जामा नआएसम्म मधेशको कल्याण हुँदैन : प्रचण्ड

शैलेन्द्र महतो
मंसिर १, २०७८ बुधबार १८:११, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी चुनावमा आफ्नो पार्टी प्रदेश २ कै नम्बर एक पार्टी हुने दाबी गरेका छन्। 

महोत्तरीको रामगोपालपुरमा आधारभूत स्वास्थ्यचौकीको उद्घाटन तथा आमसभालाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ को नम्बर एक पार्टी माओवादी हुनलाई कसैले रोक्न नसक्ने बताएका हुन्। 

उल्लेख्य संख्यामा आमसभामा सहभागी नेता कार्यकर्ताले आफू उत्साहित भएको भन्दै प्रचण्डले भने, ‘महोत्तरी जिल्लाका सबका सब निर्वाचन क्षेत्र र प्रदेश नम्बर २ मा एक नम्बर पार्टी माओवादी केन्द्र हुने छ। यसलाई कसैले रोक्न सक्ने छैन।’

प्रदेश २ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कल्याण नहुने उनको भनाइ छ। 

अर्को प्रशंगमा उनले आफू गठबन्धनमा सबैभन्दा शक्तिशाली भएको दावी गरे। आफू अहिले प्रधानमन्त्री नरहे पनि प्रधानमन्त्री बनाउने मान्छे समेत आफू रहेको उनले जिकिर गरे। 

उनले चुरे दोहनमा राजनीति भएको बताउँदै चुरे दोहन गरेर तराई मधेसलाई मरुभूमि बनाउने नीति केपी ओलीले ल्याए पनि त्यो कार्यान्वयन हुन नदिएको बताए। 

‘चुरे दोहन गर्ने, गिट्टी बालुवा झिकेर विदेश बेच्ने निती खलनायकको थियो, केपी ओलीको। हामीले त्यसलाई रोक्यौँ। अब छिट्टै चुरे संरक्षणको लागि विस्तृत योजना ल्याउँछौँ’ उनले भने,  ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन।’

प्रचण्डले संविधान संशोधनको लागि प्रयास गरेपनि ओलीले हुन नदिएको आरोप लगाए। अब संविधान संशोधनमा कसैले धोकाधडी गरे फेरि सडकबाट त्यसलाई गलहत्याइने चेतावनी समेत दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .