भोलि हुने नेपाली कांग्रेस कास्कीको सभापति पदको निर्वाचनको लागि ५ जनाले उम्मेदवारी दिएका छ्न्।
कास्की कांग्रेसका हालका उपाध्यक्ष आइबहादुर गुरुङ, सचिव सुदीपमोहन भट्टराई, क्षेत्र नम्बर ३ का निवर्तमान सभापति पोषनाथ शर्मा, गिरिराज गौतम र पूर्वशिक्षक किशोरदत बरालले सभापतिको प्रत्यासीमा उभिएका हुन्।
किशोरदत्तबाहेकका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेल तथा महामन्त्री शशांक समूहका हुन्।
कास्कीबाट उल्लेख्य संख्यामा महाधिवेशन प्रतिनिधि चुनिएपछि उत्साहित नेपाली कांग्रेसको संस्थापन समूहको तर्फबाट किशोरदत्तले प्यानल नै घोषणा गरेका हुन्।
कास्कीमा सभापति देउवा कमजोर रहँदै आएका छ्न्। अर्को समूह आफैँमा विभाजित हुँदा कास्कीमा देउवा पक्ष उत्साहित देखिएको छ।
किशोरदत्तले कांग्रेसका पुराना नेता खेमराज पौडेललाई मन्चमा राखेर पत्रकारमाझ उम्मेदवारी घोषणा गरे।
Shares
प्रतिक्रिया