प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको ६ महिने कार्यकालको बचाउ गरेका छन्।
शुक्रबार देशवासीका नाममा सम्बोधनका क्रममा उनले आगामी वर्ष तीनै तहको निर्वाचन सक्ने पनि बताएका छन्।
उनले सम्बोधनका क्रममा देशका हरेक आर्थिक सूचक सकारात्मक रहेको बताउँदै आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने पनि जिकिर गरे।
त्यस्तै देउवाले यही वर्षभित्र मेलम्ची खानेपानी आयोजना पुन:स्थापना गरेर काठमाडौंबासीलाई खानेपानी उपलब्ध गराउने पनि वाचा गरे।
त्यस्तै उनले आफ्नो सरकारको पालामा देशले विकासको गति लिएको बताउँदै संसदमा देखिएको अवरोध हटाएर अघि बढ्ने पनि प्रतिवद्धता जनाएका छन्।
सम्बोधनको पूर्णपाठ
132
Shares
प्रतिक्रिया