ad ad

राजनीति


विमला वलीकाे घटनाबारे बुझ्न लुम्बिनी सरकारले बनायो ३ सदस्यीय कार्यदल

विमला वलीकाे घटनाबारे बुझ्न लुम्बिनी सरकारले बनायो ३ सदस्यीय कार्यदल

सुदीप भण्डारी
असार १, २०७९ बुधबार १६:११, बुटवल

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमलाकुमारी वली खत्रीको घटनाबारे बुझ्न जाँचबुझ कार्यदल बनाएको छ।

आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको हो। समितिको सदस्यमा महिला, बालबालिका तथा कानूनमन्त्री रमा घर्तीमगर, र मुख्य न्यायाधीवक्ता श्रीकृष्ण सुवेदी रहेको प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले जानकारी दिए। 

मंगलबार दाङको तुल्सीपुर उपमहानगरपालिका–५ स्थित एकराज बस्नेतको घरमा गएर विवाद गरेपछि प्रहरीले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो। 

एकराजकी पत्नी मिना भण्डारीले पनि आफू र छोरीलाई वलीले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। राज्यमन्त्री वलीलाई बुटवल ल्याएर अस्पतालमा भर्ना गरिएको छ। अहिले उनी लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत छन्। 

यस्तै, आजको प्रदेश मन्त्रिपरिषदले राजधानीको जग्गा एकीकरण, नियमावली २०७९, प्रदेश विनियोजन विधेयक प्रदेश सभामा पेश गर्ने स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ।

त्यस्तै, प्रदेश सरकारको आर्थिक वर्ष २०७९।०८० को बजेट पेशका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। प्रदेश सरकारको बजेट आज अपरान्ह प्रस्तुत हुँदै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .