राजनीति


पाँच तस्बिरमा हेर्नुहोस् चिनियाँ नेता लीको बिदाइ

पाँच तस्बिरमा हेर्नुहोस् चिनियाँ नेता लीको बिदाइ

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ११:७, काठमाडौँ

चारदिने नेपाल भ्रमण सकेर चिनियाँ जनकंग्रेसका अध्यक्ष ली बिहीबार बिहान काठमाडौंबाट फर्किएका छन्। 

ली नेतृत्वको चिनियाँ भ्रमण टोली विशेष विमानबाट बेइजिङ हुँदै दक्षिण कोरिया प्रस्थान गरेको हो। 

सभामुख अग्नि सापकोटा, संघीय संसद् र परराष्ट्र मन्त्रालयका अधिकारीले ली नेतृत्वको चिनियाँ टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए। 

अध्यक्ष ली सोमबार काठमाडौं आएलगत्तै उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय भएका थिए। आएको दिन उनले सभामुख अग्नि सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

बुधबार दिउँसो लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए। त्यसअघि बुधबार बिहान उनले भक्तपुर भ्रमण गरेका थिए।

हेर्नुहोस् ली​ बिदाइका केही तस्बिर  :

 तस्बिरहरू : रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad