राजनीति


चोलेन्द्रले सर्वोच्च फर्कन्छु भनेर अदालतमाथि मजाक गरे : बार अध्यक्ष

‘संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो’
चोलेन्द्रले सर्वोच्च फर्कन्छु भनेर अदालतमाथि मजाक गरे : बार अध्यक्ष

नेपालखबर
असोज २, २०७९ आइतबार १३:१०, काठमाडौँ

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणले सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि मजाक गरेको बताएका छन्। 

सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा आउन नमिल्ने बताए।

उनले संसदको कार्यकाल सकिएको नभइ सांसदहरुको मात्रै कार्यकाल सकिएको भन्दै प्रधानन्यायाधीशको महाअभियोगको सम्बन्धमा आगामी संसदले प्रष्ट पार्ने बताए।

उनले महाअभियोग सिफारिस समितिले संसदलाई प्रतिवेदन समेत पेस गरिसकेको अवस्थामा प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत फर्किन्छु भनेर अदालतमाथि नै मजाक गरेको बताए।

‘मलाई के लाग्दछ भने अब फेरि उहाँ फर्केर आउने भन्ने कुरा रहँदैन। यो केवल अदालतमाथि मजाक भइराखेको छ। सांसदहरुको  कार्यकाल सकिएको हो। संसद सकिएको होइन्,’ उनले भने, ‘संसद सकियो भन्ने तर्क गरिँदैछ, त्यो गलत हो । संसद अविछिन्न उत्तराधिकारवाला संस्था हो। त्यसैले गर्दा संसद सकिँदैन। सांसदहरुको कार्यकाल सकिएको छ।’

उनले बारले हालसम्म कुनै बिरोधको कार्यक्रम तय नगरेको स्पष्ट पारे।प्रधानन्यायाधीश जबरा सर्वोच्च आउन खोजेमा भने बिरोधको कार्यक्रम हुने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .