राजनीति


शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात र कारागार सम्बन्धी विधेयक प्रमाणीकरण

शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात र कारागार सम्बन्धी विधेयक प्रमाणीकरण

नेपालखबर
असोज ९, २०७९ आइतबार १७:६, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका दुई विधेयक प्रमाणीकरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले आइतबार ‘शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेकी छन्। 

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट ति विधेयक प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .