रुपन्देही क्षेत्र नं २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको रिट सर्वोच्चमा पेशी तोकिएको छ। यसअघि नै अल्पकालिन अन्तरिम आदेश जारी गरेको सर्वोच्चले अन्तरिम आदेश बारे छलफल गर्न आज पेशी तोकेको हो।
न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको इजलासमा रिटको पेशी तोकिएको छ। तर अन्तिममा रहेकाले बुधबार हेर्न नभ्याइने संभावना बढी छ।
निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएपछि नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चले अल्पकालिन अन्तरिक आदेश जारी गर्दै आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न आदेश जारी गर्दै आज दुवै पक्षलाई छलफलका लागि झिकाएको थियो।
यस्तै निर्वाचन आयोगलाई ७ दिन भित्रमा म्याद थाम्न नपाउने गरी लिखित जवाफ पेश गर्न भनेको छ।
बैंकिङ कसुरमा दोषि ठहर भइ सजाय भुक्तान नगरेका गुरुङ कालोसूचीमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेजको निर्णय गरेको थियो। जिल्लाले दोषी ठहर गरे पनि यो मुद्दा सर्वोच्चमै विचाराधीन छ।
Shares

प्रतिक्रिया