राजनीति


सबैलाई समेटेर घोषणापत्र बनाएका छौं, कांग्रेस पहिलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

सबैलाई समेटेर घोषणापत्र बनाएका छौं, कांग्रेस पहिलो पार्टी बन्छ : विश्वप्रकाश शर्मा

नेपालखबर
कात्तिक १२, २०७९ शनिबार १२:५५, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताएका छन्। 

शनिबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित निर्वाचन घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसको घोषणापत्रमा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधारलाई विशेष जोड दिएको बताएका हुन्। 

‘निरन्तरतामा नविनता हामीले भनेका छौँ। आज घोषणापत्र सार्वजनिक हुँदै गर्दा समाज, संविधान रक्षा, स्थिरता र समुन्नतीको आधार,
नेपाली काँग्रेसकै नेतृत्वमा अबको सरकार भन्ने नारा हमीले घोषणा पत्रसँगै सार्वजनिक गरेका छौँ,’ शर्माले भने, ‘घोषणापत्र लेख्दै गर्दा पार्टीको नेतृत्व पंक्ति सहभागी हुने कुराको अलावा विषय विज्ञ साथीहरु, नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराउने प्रयत्न गरेका छौँ।’

उनले घोषणापत्र लेख्ने क्रममा विज्ञहरुसहित बसेर लेखेको भन्दै घोषणापत्रमा नेपाली समाजको विविधतालाई पनि प्रतिनिधित्व गराएको बताए। ‘अपाङ्गता भएका साथीहरु स्वयं उपस्थित हुनुहुन्छ। साहित्य, संगीत कला वा सिनेमाको बारेमा हामीले सोच्ने फरक कुरा तर उहाँहरुलाई नै समावेश गराइएको छ,’ महामन्त्री शर्माले भने, ‘घोषणापत्र लेख्ने टिममा पाकाको पनि प्रतिनिधित्व छ, फस्ट टाइम भोटरको पनि प्रतिनिधित्व छ। नेपाली समाजको जुन विविधता हो, हिमाल, पहाड, तराईको वा समावेशीताको अनुहार हो, त्यसको प्रतिनिधित्व भएको छ।’

उनले समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्ने कुरालाई पार्टीले केन्द्रमा राखेको दाबी गरे। महामन्त्री शर्माले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेको उल्लेख गरे।

महामन्त्री शर्माले राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न नदिने प्रतिवद्धता व्यक्त गरे। ‘हामीले मानिसलाई केन्द्रमा राखेका छौँ, समग्र समृद्धिका संरचनाले मान्छेलाई सम्बोधन गर्छ की गर्दैन भन्नेकुरालाई हामीले केन्द्रमा राखेका छौँ। हामीले संविधानलाई रक्षा गर्ने र समाजले खोजेको सुव्यवस्थाका कुरालाई पनि समावेश गरेका छौँ, महामन्त्री शर्माले घोषणापत्रमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सम्मानित सर्वोच्च अदालतले गरेको फैसलालाई केन्द्रमा राखेर राजनीतिक दलहरुबीचमा हुने द्वन्द्वको आधारमा संसदलाई मेट्न गर्ने भन्ने जुन पद्धति र प्रवृत्ति गएको संसदको बेलामा देखियो हामी त्यसबाट मुक्त रहेर संसद भित्रै विकल्प रहँदा रहँदासम्म विघटनमा नजाने भन्ने संविधान र सर्वोच्च अदालतको जुन स्पिरिट रह्यो, त्यसको जगमा हामी प्रतिवद्धता व्यक्त गर्न चाहन्छौँ, की यो संसदलाई स्थिरताका साथ ५ वर्ष कायम राख्नेछौंं।’ उनले भने।

महामन्त्री शर्माले आगामी निर्वाचनपछि नेपाली काँग्रेस पहिलो पार्टी बन्ने दाबी गरे। उनले देशलाई अघि लिएर जाने क्रममा भ्रष्टाचार कसरी
नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पनि पृथक संकल्पका साथ पार्टी लाग्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .