भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धी सहभागी एक कार्यक्रममा भारतको राष्ट्रगानको साटो झुक्किएर नेपालको राष्ट्रगान बजेको छ।
भारतीय कांग्रेस पार्टीले ‘भारत जोडो यात्रा’ सञ्चालन गरिरहेको छ। त्यही अभियानअन्तर्गत गत साता भारतको महाराष्ट्रमा आयोजित कार्यक्रममा भारतको राष्ट्रिय गानको सट्टा नेपाली राष्ट्रगान बजेको हो।
त्यसपछि नेता राहुलले हतार हतार भारतको राष्ट्रगान बजाउन आग्रह गरे र गल्ती सच्याइयो।
त्यसको भिडिओ सामाजिक सञ्जालमा सेयर गर्दै भारतीय कांग्रेसको आलोचना गरिएको छ।
त्यो कार्यक्रम तलको भिडिओमा–
— Rishi Bagree (@rishibagree) November 16, 2022National Song of which Country?? pic.twitter.com/bWgZaBqsPC
231
Shares

प्रतिक्रिया