बागमती प्रदेशका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठ पराजित भएका छन्।
काठमाडौं क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सुनिल केसीसँग पराजि भएका हुन्।
प्राप्त परिणामअनुसार केसी ६ हजार ५९८ मतसहित विजयी हुँदा श्रेष्ठ ५ हजार ७९ मतमा समेटिएका छन्।
काठमाडौंमा राप्रपाको पहिलो जित, प्रदेशसभामा सुनिल केसी विजयी
यो प्रदेश क्षेत्रमा नेपाली कांग्रेसका ध्रुव केसी ३ हजार ८४७ मतमा समेटिए।
श्रेष्ठल २०७४ मा यही क्षेत्रबाट विजयी भएर बागमती प्रदेशसभाको सभामुख भएका थिए।
श्रेष्ठ २०५४ सालमा जिल्ला विकास समिति काठमाडौंको सभापति पनि भएका थिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट नेता हुन्।
375
Shares

प्रतिक्रिया