राजनीति


मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता

मलेसियाका गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच भेटवार्ता

नेपालखबर
माघ २०, २०७९ शुक्रबार १२:४२, काठमाडौँ

मलेसियाका  गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ।

मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच अहिले काठमाडौंको एक होटलमा भेटवार्ता भएको हो। 

हालै ५ लाख आप्रवासी श्रमिक भित्र्याउने घोषणा गरेको मलेसियाले नेपालबाट के कसरी लैजान सकिन्छ भन्ने विषयमा छलफल भएको बताइएको छ।

मलेसियासँग नेपालले त्यहाँ रहेका श्रमिकको हक अधिकारका बारेमा पनि कुरा उठाएको छ। समान ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य उपचार लगायतका विषयमा गृहमन्त्री सैफुद्दिनसँग छलफल भएको हो।

खासगरी नेपाली श्रमिक मलेसियामा सुरक्षा गार्डका लागि जाने गरेका छन्। मलेसिया र नेपालबीच यहीँ श्रमिक सुरक्षा गार्डलाई तालिम दिएर मात्रै लाने विषयमा पनि छलफल हुनेछ।

मलेसियाले आधारभूत तालिम दिएर मात्रै लाने इच्छा देखाएको छ।

गृहमन्त्री नासुसनले आज उच्चस्तरीय भेटघाट गर्दैछन्।

३ दिने नेपाल भ्रमणका क्रममा बिहीवार साँझ आएका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .