राजनीति


सीके राउतको प्रश्न– प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने?

‘राज्य संचालनमा नयाँ नयाँ प्रविधि बुझ्नसक्ने मान्छे हुनुपर्‍यो’
सीके राउतको प्रश्न– प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने?

फाइल।


नेपालखबर
माघ २८, २०७९ शनिबार १५:५१, काठमाडौँ

जनमत पार्टीका अध्यक्ष डा. सीके (चन्द्रकान्त) राउतले राज्यको संरचनामा नयाँनयाँ प्रविधिलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका छन्। 

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राज्यका संरचनामा सूचना, प्रविधिका नयाँ–नयाँ कुराहरुलाई बुझ्नसक्ने मान्छे हुनुपर्ने बताएका हुन्। 

राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भएमा देशमा प्रविधिको बिस्तार गर्न सहज हुने बताए। उनले राज्यले कुनैपनि प्रकारका प्रविधिहरुको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्नेमा जोड दिए।

प्रविधिको प्रयोग गर्दा राज्यले डाटा सर्भर कहाँ राख्ने? सुरक्षा नीति के हुने? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्‍याउनुपर्ने उनले बताए।

‘राज्यका संरचनामा सबभन्दा पहिला बुझ्नसक्ने मान्छे हुनुपर्‍यो । नयाँ प्रविधिलाई। हामीकहाँ उदाहरणहरु छन् छिमेकी मुलुकहरुमा
कम्प्युटर प्रयोग गर्न हुन्न भन्नेखालको अभिव्यक्ति दिने व्यक्ति प्रदेशको शिर्षस्थ स्थानमा हुनुहुन्थ्यो’, उनले भने, ‘यो किन हुन्छ भने सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिदाखेरी हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौँ। त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ।’ 

उनले सूचना र प्रविधिको आजको युगमा किताबमा समेत भन्सार शुल्क लाग्ने गरेको भन्दै दुर्भाग्यपूर्ण अवस्था भएको टिप्पणी गरे।

‘सुरक्षा प्रत्याभुति दिनसक्छौँ कि सक्दैनौँ? र सबैकुरा फेलरको ब्याकअप कस्तो छ? पूर्ण रुपमा फेलर भयो भने अनि के गर्ने? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ। किनभने पूरै देशकै कुरा हो। कुनै कम्पनी वा संस्थाको मात्रै कुरा नभएर देशकै कुरा भएकाले एकैपटक त्यसमा ठूलै परिवर्तन ल्याउन प्रायः कर्मचारीतन्त्र हच्किने गर्छन्। त्यो कारणले गर्दा अप्ठ्यारो महसुस गरेको हुनसक्छ। त्यसको उपाय एउटै हो  हामीले सुरक्षाको प्रत्याभुति दिलाउन सक्नुपर्‍यो । विश्वसनीयताको प्रत्याभुति पनि दिलाउन सक्नुपर्‍यो। त्यो कुराहरुमा आस्वस्त पार्नसक्यो भने नयाँ नयाँ प्रविधिहरुलाई सरकारलाई अंगिकार गर्न सहज हुनेछ।’

विज्ञान, प्रविधिको प्रयोग तथा विस्तारका लागि राजनीतिक स्तरमा पनि चेतना हुनुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad