राजनीति


रास्वपालाई सरकारमा ल्याउने प्रयास, उच्चस्तरीय संयन्त्रमा के कुरा भयो?

रास्वपालाई सरकारमा ल्याउने प्रयास, उच्चस्तरीय संयन्त्रमा के कुरा भयो?

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १२:१३, काठमाडौँ

गत माघ २२ गते बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई फेरि सरकारमा फर्काउने प्रयास सुरु भएको छ।

पुस १० गते सात दलीय गठबन्धनबीच भएको सहमतिअनुसार गृहमन्त्रालय नदिएको भन्दै बाहिरिएको रास्वपालाई सरकारमा ल्याउनेबारे आइतवार बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कुरा भएको हो।

माघ १३ गतेको सर्वोच्च अदालतको आदेशपछि रास्वपा सभापति रवि लामिछानेले सांसददेखि मन्त्री पदसमेत गुमाएका थिए।

तर, नागरिकता र राहदानी विवाद कायमै रहेका बेला उनले गृहमै फर्किन खोज्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका थिएनन्।

प्रधानमन्त्री रविलाई गृहमा ल्याउन तयार नभएपछि माघ २२ मा रास्वपाले अन्य तीन मन्त्रीलाई फिर्ता ल्याउँदै सरकार छाडेको थियो। यस्तोमा संयन्त्र संयोजक केपी शर्मा ओलीले रास्वपालाई सरकारमै फर्काउन जोड दिइरहेका छन्।

तर प्रधानमन्त्री प्रचण्ड रास्वपलाई गृहबाहेक अरु मन्त्रालय दिएर ल्याउन समस्या नहुने पक्षमा छन्। उनले आफूले नछाड्नु भन्दा भन्दै हतारमा रास्वपाले सरकारले छाडेको बताइरहेका छन्।

यस्तोमा आइतवार बालुवाटारमा बसेको संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा फर्काउनेबारे कुरा भएको संयन्त्र सदस्य एवम् उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए।

'आजको संयन्त्र बैठकमा रास्वपालाई सरकारमा ल्याउनेबारे कुरा भएको छ', उनले भने, 'उपयुक्त समयमा रास्वपा सरकारमा आउन पनि सक्छ भन्ने हाम्रो निष्कर्ष हो।'

ऊर्जा मन्त्रीसमेत रहेका उनले भावी राष्ट्रपतिको विषयमा गठबन्धन दलमा असमझदारी नभएको बताए। 

पुस १९ गते भएको सहमतिमा सत्ता साझेदार दलबीच विमत्ति नरहेको बताउँदै उनले बाहिर आएका कुरा भ्रमपूर्ण रहेको उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .