राजनीति


रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा अर्को निवेदन

रास्वपा खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा अर्को निवेदन

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०७९ आइतबार १२:३४, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी अवैधानिक भएकाले खारेज गर्न मागसहित निर्वाचन आयोगमा अर्को निवेदन परेको छ।

सिन्धुलीका युवराज सफल पौडेलले आइतवार निर्वाचन आयोगका सचिवसमक्ष रास्वपा खारेजीको मागसहित तेस्रो निवेदन दर्ता गराएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता हुन अयोग्य रहेको जिकिरसहित खारेजी गर्न आयोगसँग माग गरेका हुन्। यसअघि नै उनले आयोगमा रास्वपाविरुद्ध दुईवटा निवेदन हालिसकेका छन्। 

निर्वाचन आयोगमा २०७९ असार १७ गते १८७ नम्बरमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रुपमा अवैधानिक तथा अयोग्य रहेकोले खारेज गर्नुपर्ने जिकिर उनले गरेका हुन्। 

दल खारेजका लागि गरिएको जिकिर 
१. राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाको बखत २१ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो। 

२. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सर्वोच्च अदालतको संवैधानिक इजलासको मिति २०७९/१०/१३ को फैसलाले अनागरिक एवम् नेपाली नागरिक हुन अयोग्य ठहर गरेको छ।

३. राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा (५) को दल दर्ता सम्बन्धी व्यवस्थाको उप दफा (च) मा कम्तीमा एक्काइस सदस्य केन्द्रीय समितिको व्यवस्था गरिएको छ।

४. राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्युनतम् २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२) को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ। यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो।

५. अत: माथिका प्रकरणहरु विवेचना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले दर्ता हुनको लागि पूरा गर्नुपर्ने न्युनतम मापदण्ड नै पूरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट संचालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गर्दछु।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad