संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो ठाउँमा ठिकसँग बस्न चेतावनी दिएका छन्।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले काठमाडौंमा शुक्रबार गरेको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन्।
उनले एक-दुई हजार मान्छे जम्मा गर्दैमा पूर्वराजाले म नै राजा हुँ भन्ने सोचिरहेको टिप्पणी गरे।
देशमा गणतन्त्र आइसकेको र जनताको छोराछोरी राष्ट्रपति बन्न पाउने भन्दै मन्त्री मोदीले देश पश्चगमनतर्फ नफर्किने दाबी गरे।
आफूहरुले देशलाई ठिक दिशा दिइरहेको बताउँदै उनले देशको शान्ति सुरक्षा खल्बल्याउनेलाई खबरदारी गर्नुपर्ने बताए।
मोदीले मुलुकको राजनीतिक अवस्था परिवर्तनका लागि पत्रकारहरुको ठूलो योगदान रहेको बताउँदै सरकार प्रेस स्वतन्त्रतामा प्रतिवद्ध रहेको उल्लेख गरे।
Shares

प्रतिक्रिया